धरानमा कोरोनाबाट ३० वर्षीय पुरुषको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड विशेष अस्पतालमा सोमबार साँझ कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भइ हाल सुनसरीको धरानमा बस्दै आएका ३० वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका सह प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृतक दीर्घ रोगी रहेका थिए भने उनमा सोमबार नै कोरोना पोजेटिभ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?