सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ र ८ स्थित तिपेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लव अफ काठमाडौ फेलोसिपले २२ घर परिवारलाई चामल, दाल, नुनतेललगायत खाद्यान्न तथा कम्बल वितरण गरेको फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिए ।
उक्त सहयोग वडा नं. ८ का वडाध्यक्ष सार्की तामाङको उपस्थितिमा क्लवका थ्रि टु फाइभ ए टु गर्भनर डा सुशीला मल्लले गरेकी थिइन् ।
गत असारको २१ गते तिपेनीमा पहिरो जाँदा २२ घर विस्थापित भएका थिए ।
ठूलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुँदै
सिन्धुपाल्चोकको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा आगामी मङ्सिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा राष्ट्रिय मेन्स सिंगल विजेतालाई एक लाख एघार हजार एक सय ११, उपविजेतालाई ५५ हजार पाँच सय ५५ दिइनेछ । जिल्लास्तरीय मेन्स डबल विजेतालाई ४० हजार र उपविजेतालाई ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको प्रर्वद्धक चौतारा साँगाचोकगढी नगरपालिका हुनेछ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया