भोली बस्ने गरि सकियो नेपाली कांग्रेस पदाधिकारी बैठक, यी विषयमा भए छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टी भित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ ।

पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको हो ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बताएका छन् ।

उनले पार्टी भित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताए । यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकार विरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा भोली बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रिय समिति बैठकमा निर्णय गरेर अगाडी बढ्ने बताए । बैठक भोली पनि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?