कोरोना निको हुने दर वृद्धि

काठमाडौं । नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज एक हजार ६३० संक्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । संक्रमित हुने मध्ये ०।६ प्रतिशतको ज्यान गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?