काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले न्युज २४ टेलिभिजनमा रवि लामिछानेद्वारा सञ्चालिन कार्यक्रमममा वीपी तिमल्सिनाले गरेको दाबी भ्रामक भएको भन्दै आपत्ती जनाएको छ ।
उक्त कार्यक्रमबाट प्रशारित आयुर्वेद चिकित्सक बताउने तिमल्सिनाले गरेको दाबी भ्रामक रहेको भन्दै संघले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको शिद्धान्त विपरित रहेको भन्दै आपत्ती जनाएको हो ।
सोमवार एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित भएको जनाइएको छ ।
साथै तिमल्सिनाले व्यक्तगरेका बिचारहरु दण्डनीय अपराध भएको, जनस्वास्थ्यमा गम्भीर खेलवाड र सरकारका प्रयासहरुलाई दुरुत्साहन गर्ने प्रकृतिका भएको संघका महासचिव डा मनोजकुमार चौधरीले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया