काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ३ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- बाजुरा
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९८४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १५० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ रहेको छ । यो कुल संक्रमितको ७८.२ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९२४ रहेका छन् भने भेन्टिलेटरमा ७४ र आईसीयूमा ३४७ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ४४६ जनाको आरटीपीसीआर नमूना परीक्षण भएको छ । हालसम्म १४ लाख ६९ हजार ८१२ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३० जनालाई कोरोना संक्रमण भएको छ । जसमा ७०२ जना महिला र ९२८ जना पुरुष रहेका छन् ।
नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी (पश्चिम), दाङ, रुपन्देही र कैलालीमा हालको अवस्थामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया