काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । कुलसंक्रमित मध्ये ७८.२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९८४ पुगेको छ ।नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९२४ रहेका छन् भने भेन्टिलेटरमा ७४ र आईसीयूमा ३४७ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ४४६ जनाको आरटीपीसीआर नमूना परीक्षण भएको छ । हालसम्म १४ लाख ६९ हजार ८१२ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३० जनालाई कोरोना संक्रमण भएको छ । जसमा ७०२ जना महिला र ९२८ जना पुरुष रहेका छन् ।
नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी (पश्चिम), दाङ, रुपन्देही र कैलालीमा हालको अवस्थामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छन् भने मुस्ताङ, मनाङ र बाजुरामा संक्रमितको संख्या शुन्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया