अन्ततः शुक्रराज ट्रपिकलले फिर्ता लियो कोरोना संक्रमितले धरौटी बुझाउनुपर्ने निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितबाट भर्ना हुनु अगावै धरौटी नलिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पतालले कोरोना संक्रमित भर्ना हुनु अगावै धरौटी रकम नलिने जनाएको हो ।

सोमवार एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यान्वयन गर्ने बताएको छ ।

सोमवारदेखि लागू् हुनेगरी सबै वार्ड तथा काउण्टरलाई पत्राचार गर्दै धरौटी रकम नलिने निर्देशन दिइएको अस्पतालका निर्देशक डा सागर कुमार राजभण्डारीले जानकारी दिए ।

त्यस्तै धरौटीको अभावमा अस्पतालले हालसम्म कुनै बिरामीलाई उपचार सेवाबाट बञ्चित नगराएको समेत स्पष्ट पारेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

यस अस्पतालमामा भर्ना हुने विपन्न, जेष्ठ नागरिक (७० वर्ष माथिं) का ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने समेत अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?