कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २४ जनाको मृत्यु भएको छ ।

त्यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । यसअघि आइतवार (हिजो) नेपालमा कोरोनाको कारण २३ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १५० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ रहेको छ । यो कुल संक्रमितको ७८.२ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९२४ रहेका छन् भने भेन्टिलेटरमा ७४ र आईसीयूमा ३४७ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ४४६ जनाको आरटीपीसीआर नमूना परीक्षण भएको छ । हालसम्म १४ लाख ६९ हजार ८१२ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३० जनालाई कोरोना संक्रमण भएको छ । जसमा ७०२ जना महिला र ९२८ जना पुरुष रहेका छन् ।

नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी (पश्चिम), दाङ, रुपन्देही र कैलालीमा हालको अवस्थामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छन् भने मुस्ताङ, मनाङ र बाजुरामा संक्रमितको संख्या शुन्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?