टिप्परको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिप्परले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए । ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?