काठमाडौं । घरमा ड्रग्स भेटिएपछि बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाश फरार भएकी छन् ।
उनी फरार भएपछि एनसीबीले उनकी आमालाई उपस्थित हुन आदेश दिएको छ । उनकी आमा गोरेगाउँमा बस्दै आएकी छन् ।
करिश्मा उपस्थित नभएपछि उनको विरुद्धमा एनसीबीले अदालतमा केस दर्ता गरेको छ । गत मंगलवार एनसीबीले उनको घरबाट १.८ ग्राम प्रतिबन्धित ड्रग्स बरामद भएको थियो ।
उनलाई सोधपुछको लागि बुधवार बोलाएपनि उनी फरार भएपछि उनीविरुद्ध केस दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया