काभ्रेका सिडियोलाई कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द

काभ्रे । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले अत्यावश्यक बाहेकका कामहरु स्थगित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई समेत कोरोना संक्रमण पुष्टि भएको बताउँदै प्रशासनले भोलिबाट लागूहुने गरी आगामी कार्तिक २४ गतेसम्मका लागि कामकारबाहीमा रोक लगाएको हो ।

प्रशासनले सोमवार एक विज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै त्यस्तो निर्णय गरेको जनाएको छ ।

यस्तो छ विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?