काठमाडौं । उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले एकताको बेला गरिएका सहमती विपरित समिकरण बनाएर जानाले पार्टीभित्र दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।
पार्टी एकताका बेला गरिएका सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजनको संघारमा पुगेको बताए । पार्टी विवाद उत्कर्षमा पुगि फुटको संघारमा पुगेका बेला एक ट्वीट गर्दै पोखरेलले त्यस्तो बताएका हुन् ।
“एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो” उनले भनेका छन् । पार्टीभित्र त्यस्तो किसिमको दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनेर खवरदारी गर्नका लागि समेत आम नेता कार्यकर्ताहरुमा आह्वान गरेका छन् ।
साथै पार्टीभित्र व्यक्तिगत स्वार्थ भएकाहरुले विभाजनको संघारमा पुगेको बताउँदै एकतालाई जोगाउनका लागि त्यस्ता प्रवृतिको विरोग गर्न आह्वान गरेका हुन् । “त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!” उनले भने ।
यतिबेला नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटघाटमा पार्टी फुटाएर जाने समेतको रस्साकस्सी चलेको बाहिरिएसँगै विवाद उत्कर्षमा पुगेको हो ।
एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!
— Ishwar Pokhrel (@IshwarPokhrel) November 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया