जसले बलिउड फिल्म इण्डस्ट्रीलाई पैसा कमाउन सिकाए !

काठमाडौं । यदि खर्च कमाईको भन्दा धेरै भयो भने खर्च कम गर्नको साटो कमाई बढाउन तिर लाग, यो बलिउड स्टार शाहरुख खानकी आमाले भनेकी थिइन् ।

यहि वाक्यलाई अभिनेता खानले आफ्नो जीवनमा लागू गरे । उनको कमाउने बाटोहरु खोज्न थाले र कमाए पनि ।

उनले आफूले मात्रै कमाएनन् बलिउड फिल्म इण्डस्ट्रीलाई नै पैसा कसरी कमाउने भनेर सिकाए ।

उनै अभिनेता खानको आज जन्मदिन परेको उनी आजको दिनबाट ५५ वर्ष लागेका छन् । उनले बलिउडलाई फिल्मको प्रचार, विज्ञापन, कमाउने तरिका र ओभरसीज मार्केटको बारेमा सिकाए । उनको जन्म २ नोभेम्बर सन् १९६५ मा भएको थियो ।

उनको लभ म्यारिज भएको थियो । उनले कलेज पढ्ने क्रममा दिल्लीकी पञ्जावी युवतीसँग प्रेम गरेर पछि विवाह पनि उनीसँगै गरे ।

दिल्लीमा बस्दा उनको जीवनमा एक रोचक घटना भयो । उनलाई एक बदमास युवकको समूहले एक युवतीलाई प्रेमीका भन्ने क्रममा पिटेका थिए ।

उनले सन् १९९१ मा विवाह गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?