काठमाडौं । दक्षिण कोरियामा मास्क नलगाउनेलाई जरिवाना गरिने भएको छ । मास्क नलगाई घरबाहिर निस्किने मानिसलाई कारवाही गरिने भएको हो ।
यस महिनाको अन्तिमबाट यो नियम लागू हुनेछ । केहि दिन यता हरेक दिन दक्षिण कोरियामा १०० केसहरु देखिएका छन् ।
![]()
त्यस्तै ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ । ३ नोभेम्बरमा फाइनल भोटिङ हुँदैछ । यसैबीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतवार कर्फ्यू तोडेर र्याली गरेका थिए । यसमा हजारौँ सपोर्टर सहभागी भएका थिए ।
ट्रम्पले चुनावपछि डाक्टर एन्थोनी फाउचीलाई पदबाट हटाउन सक्ने बताइएको छ ।
ट्रम्पले भने, चुनाव पछि डा. फाउचीलाई पदबाट हटाइन सकनेछ, तर अहिले नै कसैलाई कुरा नभन्नु । कोरोना टास्क फोर्सका प्रमुख र संक्रामक रोगका विशेषज्ञ डा. फाउचीले केहि पटकसम्म ट्रम्पको विरोध गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया