चौरसियाको मृत्यु प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

चौरसियाको हत्या आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारी पक्राउ परेका हुन् । तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार चौरसियाको हत्या आरोपमा पक्राउ परेका तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?