काठमाडौं । पूर्वमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकर्ण विष्टले पार्टीभित्र देखिएको विवादवारे प्रतिक्रिया जनाएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को टकरावका कारण फुटको संघारमा पुगेको नेकपाभित्रको गलत प्रवृतिलाई सच्याएर आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन आह्वान समेत गरेका छन् ।
देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठुलो ठान्ने प्रवृति सच्याए मात्रै आन्दोलनलाई थप सशक्त र एकतावद्ध बनाउन सकिने उनले बताए । “देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।” उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया