ग्यारेथ बेल चम्किँदा टोटेनहमको जित

काठमाडौं । प्रिमियर लिग फुटबलमा टोटेनहमले जित हात पारेको छ । ग्यारेथ बेलको गोलमा टोटेनहमले ब्राइटोनसँगको खेलमा जित हात पारेको हो ।

आईतवार राति भएको खेलमा टोटेनहमले ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली टोटेनहमलाई १३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत अघि बढाएका थिए ।

ब्राइटोनका युवा खेलाडी तारिक लाम्पार्टीले दोस्रो हाफमा खेल बराबरीमा ल्याएका थिए । बेलले ७३ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए ।

जित निकाल्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले ७ खेलबाट १४ अंक जोडेको छ । ब्राइटोन ५ अंक सहित तालिकाको १६ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?