घरेलु मैदानमै नापोली स्तब्ध

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोली स्तब्ध भएको छ । आइतवार राति भएको खेलमा नापोली घरेलु मैदानमा सासुओलोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।

सासुओलोलाई जित दिलाउन मानुएल लोकाटेली र म्याक्सिम लोपेजले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९ औं मिनेटमा मानुएलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा लोपेजले गोल गर्दै सासुओलोलाई २-० को जित दिलाए । जितसँगै सासुओलो तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सासुओलोले ६ खेलमा १४ अंक जोडेको छ ।

नापोली ११ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?