अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्पले भने, ‘चुनावको नतिजा केहि हप्तासम्म पनि नआउन सक्छ’

काठमाडौं । अमेरिकामा चुनाव प्रचारको अन्तिम दौडमा राष्ट्रपतिका दुबै उम्मेद्वारले एकअर्काविरुद्ध विभिन्न बयान दिईरहेका छन् ।

उनीहरुले चुनावलाई लिएर विभिन्न कुराहरु बताइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेनसिल्वानियामा मतदान पछि पनि चुनावको नतिजा आउन केहि हप्ता लाग्न सक्ने बताएका हुन् ।

उनले देशमा अराजकता र अव्यवस्था हुने भन्दै चुनावको नतिजा ढिलो आउने बताएका हुन् ।

दोश्रो तर्फ डेमोक्रेटिकका प्रत्याशी जो बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको साथमा मिशिगनमा प्रचार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?