डलरको भाउ ३ दिनदेखि स्थिर, कस्तो छ सोमवारको मुद्रा विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । यस्तै शुक्रवार र आईतवार पनि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामै कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा तोकेको छ । आईतवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि आईतवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर१५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८८ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?