डब्ल्यूएचओ प्रमुख क्वारेन्टाइनमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर टेड्रस अधनोम घेब्रेयेसस क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि उनी क्वारेन्टाइनमा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले आफ्नो शरीरमा कोरोनाको कुनै पनि लक्षण महशुस नगरेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै यसको बारेमा जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘म कोहि यस्तो व्यक्तिको सम्पर्कमा आएको छु, जसलाई कोरोना संक्रमण भएको रहेछ, जसका कारण म क्वारेन्टाइनमा बसेको छु, म ठीक छु, मलाई कुनै लक्षण छैन, म सेल्फ क्वारेन्टाइनमा बसेर घरबाटै काम गर्नेछु ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?