काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५५ औँ म्याचमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीचमा खेल हुँदैछ ।
खेल बेलुकी पौने ८ बजे शुरु हुनेछ । यो म्याच जित्ने टीम प्लेअफमा पुग्नेछ । साथै मुम्बई इण्डियन्ससँग ५ नोभेम्बरमा क्वालिफायर १ खेल्नेछ ।
यो म्याचमा हार्ने टीमले भने ३ नोभेम्बरमा सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सबीचमा हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
ब्यांग्लोर अंकतालिकाको दोश्रो स्थानमा छ । हालसम्म ब्यांग्लोरले १३ म्याचमा ७ म्याच जित्दै १४ अंक बनाएको छ ।
त्यस्तै दिल्लीले १३ मा ७ म्याच जित्दै १४ अंक नै बनाएको छ । दिल्ली अंकतालिकाको तेश्रो स्थानमा छ ।
दिल्लीको भन्दा ब्यांग्लोरको नेट रनरेट राम्रो छ । दिल्लीले लगातार ४ र ब्यांग्लोरले ३ म्याच हारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया