काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १२ लाख ५ हजार २०६ जनाको मृत्यु भईसकेको छ भने ४ करोड ६८ लाख १० हजार ३७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ३७ लाख ५४ हजार २३१ जना संक्रमण मुक्त भएका छन् । यसैबीच अमेरिकामा हालसम्म २ लाख ३६ हजार ४७१ जनाको मृत्यु भएको छ भने ९४ लाख ७३ हजार ९११ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६१ लाख ३ हजार ६०५ जना संक्रमण मुक्त भएका छन् भने ३१ लाख ३३ हजार ८३५ जना उपचाररत छन् । त्यस्तै १७ हजार २०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको टेक्सासमा १८ हजार ६१४ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार ९२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १७ हजार ६७२ जनाको मृत्यु भएको छ भने ९ लाख ३६ हजार ८४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ लाख ७ हजार ४१२ जनालाई संक्रमण भएको छ भने १६ हजार ७९६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार ७१ हजार ३२१ जना संक्रमित थपिएका छन् भने ३९९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया