काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १२ लाख ५ हजार २०६ जनाको मृत्यु भईसकेको छ भने ४ करोड ६८ लाख १० हजार ३७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ३७ लाख ५४ हजार २३१ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ भने ८२ लाख २९ हजार ३२२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७५ लाख ४२ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ६३ हजार ७७५ जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार मात्रै ४६ हजार ४४१ जनालाई संक्रमण भएको छ भने ४९३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया