काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५४ औँ म्याचमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ ।
यो जीतका साथै कोलकता प्लेअफको रेसमा यथावत रहेको छ । त्यस्तै राजस्थान टुर्नामेण्टबाट बाहिरिएको छ । यसका साथै टुर्नामेण्टबाट बाहिरिने तेश्रो टीम राजस्थान बनेको छ ।
यो भन्दा पहिला चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जाव प्लेअफको रेसबाट बाहिरिसकेका छन् ।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले राजस्थानलाई १९२ रनको टार्गेट दिएको थियो । जवाफमा राजस्थानले ९ विकेट गुमाएर १३१ रन मात्रै बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया