एक लाख बढी पैसा नबुझाए परीक्षा दिन नपाइने

निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी सञ्चालक रहेको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षामा स्नातकोत्तर तह (एमडीलगायत) का विषयका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेको छ ।

एसोसिएसनका अध्यक्ष नियामक निकाय चिकित्सा शिक्षा आयोगको सदस्य हुने प्रावधान छ । अन्सारीको निर्देशनमा उनको कलेजले ‘अवैध शुल्क’ लिएको विद्यार्थीले गुनासो गरेका छन् । विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नतिरे परीक्षाबाट समेत वञ्चित गर्ने चेतावनी कलेजले दिएको जनाए । २०७६ ब्याचको दोस्रो वर्ष अध्ययनरत २५ विद्यार्थीसँग एक–एक लाखका दरले बढी शुल्क माग गरिएको कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?