तत्काल स्थायी कमिटीको बैठक बोलाउन भीम रावलको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्ति आइरहेका बेला नेता रावलले यस्तो माग गरेका हुन् ।

नेता रावलले आइतबार साँझ ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?