आदर्श आजाद विद्यालयको भवन बन्दै

भक्तपुर । भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालयको नयाँ भवन निर्माण शुरु गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले आज भवनको शिलान्यास गरे ।

सरकारको दुई करोड ९७ लाख ६६ हजार दुई सय ५५ को लागत इष्टमेटमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले निर्माण शुरु गरेको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुले भवनको भौतिक निर्माणका साथै रङ्गरोगन र बेन्च टेवलसहित आयोजनाले नै राखिदिने सम्झौता भएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?