शहीदस्मृति पार्क बन्दै

दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने व्यक्तित्वको सम्झनामा शहीद पार्क निर्माण गर्ने भएको छ ।

पर्यटकको आषर्कणको केन्द्रका रुपमा रहेको सो गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहीद पार्क निर्माण कार्य अघि बढाएको पालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताए ।

चालु आव २०७६/०७७मा गाउँपालिकाको पाँच लाख र यस वर्ष प्रदेश सरकारको रु २५ लाखमा शहीद पार्क निर्माण हुन लागेको हो ।

वैतेश्वर गाउँपालिका समुन्द्र सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?