भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा माधव सुवालका घरमा जुवा तास खेलिरहेका अवस्थामा प्रहरीले आज १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले सुवालसहितलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर भक्तपुरका अनुसार जुवाखालबाट प्रहरीले एक लाख ९० हजार ५०० बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया