काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ४ बासपानी भन्ने स्थानमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने जीपमा सवार १५ जना घाईते भएका छन् । जीप दुर्घटनामा परेर मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१००१ च २६२३ नम्बरको जीप डोकेबजारबाट कोल्तडीतर्फ जाँदै गर्दा बासपानीमा ब्रेक फेल भएर दुर्घटना भएको चालकले प्रहरीलाई बयान दिएकोमा अनुसन्धान भईरहेको कैलालीका डिएसपी प्रतिक विष्टले लोकपथलाई बताए ।
सडकबाट जीप दुर्घटना भई ३० मिटर तल खसेको थियो । दुर्घटनामा घोडाघोडी नगरपालिका–८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका–४ का ४० वर्षीय भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका–२ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँका ४७ वर्षीय मोहनकुमार उपाध्याय ,मोहन्याल गाउँपालिका–४ का ३५ वर्षीया वसन्ती भण्डारी, धनगढी उपमहानगरपालिका–४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र सावित्र पाण्डे, घोडाघोडी नगरपालिका–८ का ७६ वर्षीय बीरबहादुर बुढा, घोडाघोडी नगरपालिका–५ का यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका–४ का १५ वर्षीय खगेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका–१ की १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर र सोही ठाउँका ६२ वर्षीय केवलसिंह ठकुरी घाइते भएका छन्।
डिएसपी विष्टका अनुसार घाईते ११ जनाको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा सख्त घाईते भएका अन्य तीनजनालाई कोहलपुर अस्पताल रेफर गरिएको छ । दुर्घटनापछि चालक प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया