कैलालीमा जीप दुर्घटना : १५ जना घाईते

काठमाडौं । कैललीको मोहन्याल गाउँपालकिामा जीप दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज (आईतवार) मोहन्याल गाउँपालिका–४ बाजपानीमा जीप दुर्घटना भएको हो ।

डोकेबजारबाट कोलडीतर्फ जाँदै गरेको सु.प. ०१००१ च २६२३ नम्बरको जीप दुर्घटना भएको हो ।

घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जीप ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

सो जीपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ। मानवीय हताहती बारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?