काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५३ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जावबीच खेल भईरहेको छ ।
टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो । पञ्जावका लागि दीपक होडाले सर्वाधिक ६२ रनको नटआउट अर्धशतकीय पारी खेले । उनले ३० रनमा ६२ रन बनाएका हुन् ।
पञ्जावका लागि कप्तान लोकेश राहुलले २९, मयंक अग्रवालले २६, निकोलस पोरनले २ र क्रिस गेलले १२ रन बनाए ।
यस अगाडिको म्याचमा ९९ रन बनाएका क्रिस गेलले यो खेलमा भने मात्र १२ रन बनाउन सके । अहिले पञ्जावका लागि क्रिजमा मन्दिप सिंह र दीपक होडा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया