काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादूकोण भारतकी सबैभन्दा विश्वसनीय महिला सेलिब्रेटी बनेकी छन् ।
हाल मात्र जारी भएको एक रिपोर्टमा उनको ब्राण्ड एण्डोर्समेण्टको माध्यम र उनको सामूहिक अपील र विश्वासको आधारमा सेलिब्रेटी र्यांकिङ दिइएको हो ।

जसमा पादुकोण भारतीय सबैभन्दा विश्वसनीय महिला सेलिब्रेटी बनेकी छन् । उनले ८२.८ अंक प्राप्त गरेकी छन् ।
आईआईएचबी द्वारा जारी भएको सेलिब्रेटी रिसर्च रिपोर्टका अनुसार उनलाई भारतकी सबैभन्दा सुन्दर र सबैभन्दा ग्ल्यामरसको रुपमा भोट दिइएको हो ।
सूचीमा बलिउड महानायक अमिताभ बच्चन सबैभन्दा विश्वसनीय सेलीब्रेटी बनेका छन् । त्यस्तै अक्षय कुमार सबैभन्दा विश्वसनीय पुरुष सेलिब्रेटी बनेका छन् ।
खेलमा भने महेन्द्र सिंह धोनी, मिताली राज, विराट कोहली र अनुष्का शर्मा सबैभन्दा विश्वसनीय सेलिब्रेटीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया