काठमाडौं । बिहेपछिका आफ्ना विशेष तस्वीरहरूबारे सामाजिक सञ्जालमा तीव्र आलोचना भएपनि ती तस्वीर नहटाउने भारतीय जोडीले बताएको छ।
ती तस्वीर हटाउनु भनेको आफूहरूप्रति दुर्व्यवहार गर्नेहरूलाई बल पुर्याउनु उनीहरूको तर्क छ।
एक भारतीय जोडीले बिहे गरेपछि खिचाएका आत्मीय तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, त्यसपछि सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना (ट्रोल) गरिएको थियो।
तस्व्ीरहरूमा लक्ष्मी र हृषी कार्थिक सेतो सिल्कको ओढ्नेमा बेरिएर घना चियाबारीमा हाँस्दै, अँगालो मार्दै र एक अर्कासँग लुकामारी खेलेको देखिन्छ।
गत सेप्टेम्बरमा सानो समारोह गरेर बिहे गरेको यो जोडीले आफ्नो सामान्य बनाउनुपरेको बिहेको बदलामा फोटोशूट गरेर त्यसलाई स्मरणीयु बनाउन चाहन्थे।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया