काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार ३ सय ६२, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशै भरी कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६२० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७६।७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

हालसम्म १४ लाख ५६ हजार ३६६ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?