नेपालमा थप ३ हजार ६ सय २० कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७७.७ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।

हालसम्म १४ लाख ५६ हजार ३६६ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?