काठमाडौं । काठमाडौंको तिनकुनेमा एक पुरुषको शव भेटिएको छ ।
तिनकुनेस्थित बाग्मती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको हो ।
अन्दाजी ३०र३२ वर्षका पुरुषको शव सुनिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमन्द्र सिंह राठौरले लोकपथलाई जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान गर्दा शरिरमा कुनै पनि घाँउ चोट नभएकाले अहिले नै घटना के हो भन्न नसकिने उनले बताए ।
प्रवक्ता राठौरका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया