७ चैत्र २०७९, मंगलवार

निर्वाचन आयोगले सरकारलाई दियो गम्भिर चेतावनी

२०७४,आश्विन,११,बुधबार १५:२८

9
Shares

काठमाडौं, ११ असोज।निर्वाचन आयोगले सरकारले निर्वाचन आचार संहिता उलंघन गरेको निष्कर्ष निकालेको छ । सरकारले निर्वाचन आयोगको संवैधानिक स्वतन्त्रताको उपहास गरेको ठहर गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधिर कुमार शाहले सरकार स्वयं निर्वाचन आचार संहिता विरुद्ध हिँडेको र आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको आरोप लगाए ।निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले आयोगकै सचिवको सरुवा गरेको, सहमतिविना मन्त्रिपरिषद् विस्तार गरेको तथा निर्णय सच्याउन गरिएको पत्राचारको बेवास्ता गर्दै पुनः दुई राज्यमन्त्री थप्ने काम गरेको निर्वाचन आयुक्त शाहले बताए । आयुक्त शाहले निर्वाचन आचार संहिता विपरित सरकारबाट भएका कामकारवाहीका बारेमा दशैं विदा पछि आयोगले गम्भीर निर्णय लिने चेतावनी समेत दिए ।आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगले गत भदौ १४ गतेदेखि आचारसंहिता लागू गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६