काठमाडौं । दार्चुलामा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
लेकम गाउँपालिका-४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश पाललाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रिठाचौपाता र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया