अमेरिकी राष्ट्रपतिहरुको रोचक पाटो : नौ राष्ट्रपति जो कहिल्यै गएनन् कलेज !

काठमाडौं । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतिय चुनाव हुँदैछ । १९५१ मा भएको संविधान संसोधन पछि एक व्यक्ति मात्र दुई पटक नै राष्ट्रपति बन्न सक्छन् ।

आज हामी तपाईलाई अमेरिकी राष्ट्रपतिसँग जोडिएका रहस्यमयी कुराहरुको बारेमा जानकारी दिँदैछौँ ।

डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपति हुन् । तर संख्यामा हेर्ने हो भने उनी ४४ औँ राष्ट्रपतिमा पर्छन् । क्विबल्याण्डलाई दुई पटक राष्ट्रपति चुनिएको थियो । त्यसैले उनलाई दुई पटक गनिन्छ ।

९ राष्ट्रपति : जर्ज वाशिंगटन, एण्ड्रयू ज्याक्सन, मार्टिन बरेन, जेड टेलर, मिलार्ड फिमोरे, अब्राहम लिंकन, ए, जोनसन, क्वीवल्याण्ड र ट्रुम्यान कहिल्यै पनि कलेज गएनन् ।

बराक ओभामा अमेरिकीका पहिलो अश्वेत राष्ट्रपति हुन् । उनको जन्म हवाईमा भएको थियो । उनी अमेरिकी महाद्वीपमा नजन्मिएका पहिलो राष्ट्रपति हुन् ।

थियोडोर रुजवेल्ट सबैभन्दा कम उमेर (४२) मा राष्ट्रपति बनेका थिए । डोनाल्ड ट्रम्प (७० वर्ष)मा सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बनेका थिए । यदि जो बाइडेन यसपटक राष्ट्रपति बने भने (७७) किर्तीमानी उनको नाममा हुनेछ ।

अमेरिकाका सबैभन्दा अग्ला राष्ट्रपति अब्राहम लिंकन थिए । उनी ६ फीट ४ इन्चका थिए । सबैभन्दा होचा भने राष्ट्रपति म्याडिसन थिए । उनी ५ फुट ४ इन्चका थिए ।

आठ राष्ट्रपति जेम्स ए, गारफील्ड, ह्याबर्ट हूवर, ह्यारी एस, ट्रुम्यान, जेराल्ड फोर्ड, रोनाल्ड रीगन, जर्ज बुश (सीनियर), बिल क्लिन्टन र बराक ओबामा लेफ्टी थिए ।

जेम्स बुकानन अविवाहित र रीगन एकमात्रै सम्बन्धबिच्छेद गरेका राष्ट्रपति रहेका छन् । त्यस्तै ६ जना राष्ट्रपतिका सन्तान थिएनन् । र सबैभन्दा धेरै सन्तान जे. टेलर (१५) का थिए ।

अमेरिकाका नवौँ राष्ट्रपति डब्ल्यू ह्यारीसन मात्र एक महिना पदमा रहेका थिए । चार मार्च १८४१ मा कार्यभार सम्हालेका ह्यारिसनको ४ अप्रिल १८४१ मा निधन भएको थियो ।

चार अमेरिकी राष्ट्रपति अब्राहम लिंकन, गारफिल्ड, म्याककिनले र क्यानेडीको पदमा रहँदै हत्या भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?