एसएसपीलाई धम्की दिने विप्लव नेतृत्वको जिल्ला सेक्रेटरी ‘विदुषी’ पक्राउ

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ललितपुर जिल्ला सेक्रेटरी साविता अधिकारी (विदुषी) लाई पक्राउ गरेको छ ।

प्रहरीको खोजिमा रहेकी विदुषीलाई प्रहरीले हिजो (शनिवार) बेलुकी पाटनबाट पक्राउ गरेको हो ।

विप्लव समूहले गरिरहेको कोण सभाबाट विदुषीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले लोकपथलाई जानकारी दिए ।

गत जेठ ३१ गते प्रहरीले ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम बज्राचार्यलाई पक्राउ गरेको थियो । बज्राचार्य पक्राउ परेपछि जिल्ला सेक्रेटरी विदुषीले एक विज्ञप्ति जारी गर्दै कुनै पार्टीमा आस्था राखेको आधारमा नै कसैलाई धम्की दिने, धरपकड गर्ने, घर घेर्ने तथा शारिरिक मानसिक यातना दिने काम बन्द गर्न एसएसपी राईलाई धम्की दिएकी थिइन् ।

बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका बज्राचार्य विप्लव नेकपाको जिल्ला सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका बज्राचार्यले विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भागेको भन्ने कुरा भ्रामक भएको र लामो समयदेखि आफूहरुको सम्पर्कमा नभएको समेत जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो थियो विदुषीले जेठमा निकेलेको विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?