काठमाडौं । जितसँगै ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिवार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले तीन अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को जित हात पारेको हो । पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२ औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी छदाँ जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।
लिभरपुलको ७ खेलबाट १६ अंक बटुलेको छ । वेस्ट ह्याम ८ अंक सहित १३ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया