काठमाडौं । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले नान्ट्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आन्द्रे हेरेराले खेलको ४७ औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । ६५ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी हुँदा पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।
पीएसजीले लिग वानमा लगातार ७ खेलमा जित निकाल्न सफल भएको छ । शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक छ । नान्ट्स ८ अंक सहित १६ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया