फ्रान्समा तीन दिनमा दोश्रो पटक चर्चमा आतंककारी हमला, पादरीलाई गोली हानेर फरार

काठमाडौं । फ्रान्सको चर्चमा फेरि आतंककारी हमला भएको छ । ३ दिनमा यो दोश्रो पटक आतंककारी हमला भएको हो ।

यो घटना लियोन शहरको हो । त्यहाँ शनिवार एक आतंककारीले चर्च बाहिर अर्थोडक्स पादरीलाई गोली हानेका हु’न् ।

पादरी हाल अस्पताला उपचार गराइरहेका र उनको अवस्था गम्भीर रहेको बताइएको छ । हमलामा घाइते पादरी ग्रीसका नागरिक हुन् ।

हमला पछि आतंककारी घटनास्थलबाट फरार भएका थिए । पुलिसका अनुसार सीसीटिभी फूटेजको आधारमा आरोपीको खोजी भईरहेको छ ।

तीन दिन पहिला पनि २९ अक्टोबरमा नीस शहरमा एक महिलासहिततीन जनाको हत्या भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?