डलर स्थिर रहँदा अन्य मुद्राको भाउमा गिरावट, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा आईतवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । यस्तै शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामै कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा तोकेको छ । शुक्रवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३८८ रुपैयाँ ४६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?