निर्वाचन आयोगले सरकारलाई न गम्भिर चेतावनी

काठमाडौं, ११ असोज। निर्वाचन आयोगले सरकारले निर्वाचन आचार संहिता उलंघन गरेको निष्कर्ष निकालेको छ । सरकारले निर्वाचन आयोगको संवैधानिक स्वतन्त्रताको उपहास गरेको ठहर गरेको छ ।   बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधिर कुमार शाहले सरकार स्वयं निर्वाचन आचार संहिता विरुद्ध हिँडेको र आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको आरोप लगाए । निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले आयोगकै सचिवको सरुवा गरेको, सहमतिविना मन्त्रिपरिषद् विस्तार गरेको तथा निर्णय सच्याउन गरिएको पत्राचारको बेवास्ता गर्दै पुनः दुई राज्यमन्त्री थप्ने काम गरेको निर्वाचन आयुक्त शाहले बताए ।   आयुक्त शाहले निर्वाचन आचार संहिता विपरित सरकारबाट भएका कामकारवाहीका बारेमा दशैं विदा पछि आयोगले गम्भीर निर्णय लिने चेतावनी समेत दिए । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगले गत भदौ १४ गतेदेखि आचारसंहिता लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?