काठमाडौं । जितसँगै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार घरेलु मैदानमा भएको खेलमा रियलले एसडी हुयस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यस्तै इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले समान एक एक गोल गरे । हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए पनि एसडी हुयस्कालाई खेलमा फर्काउन भने सकेनन्
पहिलो हाफको ४० औं मिनेटमा हाजार्डको गोलबाट रियलले अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दा रियलले २-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेड्रिकोले गोल गर्दै रियलको अग्रता ३-० को बनाए ।

त्यस्तै, खेलको ७५ औं मिनेटमा एसडी हुयस्काका डेभिडले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया