काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण विश्वमा हालसम्म १२ लाख १९३ जनाको मृत्यु भएको छ भने ४ करोड ६३ लाख ७३ हजार ७७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ३४ लाख ८३ हजार ५१६ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड १६ लाख ९० हजार ६८ रहेको छ ।
यसैबीच अमेरिकामा २ लाख ३६ हजार ७२ जनाको मृत्यु भएको छ भने ९४ लाख २ हजार ५९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ हजार २०८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३१ लाख ४ हजार ८० जना उपचाररत छन् । त्यस्तै ६० लाख ६२ हजार ४३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
अमेरिकाको टेक्सासमा ९ लाख ५६ हजार ७३४ जनालाई संक्रमण भएको छ भने १८ हजार ५८१ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा हालसम्म ९ लाख ३३ हजार ३११ जनालाई संक्रमण भएको छ भने १७ हजार ६६६ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा हालसम्म ८ लाख २ हजार ५४७ जनालाई संक्रमण भएको छ भने १६ हजार ७६९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा शनिवार मात्रै ८६ हजार २९३ जनालाई संक्रमण भएको छ भने ९१४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया